काठमाडौं – आज १३ औं गणतन्त्र दिवस । कोरोना भाइरसको संक्रमणका कारण गणतन्त्र दिवसमा कार्यक्रम गर्न नपाए पनि सरकार प्रमुख, पार्टी अध्यक्ष र विभिन्न नेताहरुले शुभकामना सन्देश जारी गरेर गणतन्त्र दिवस मनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भने गणतन्त्र दिवस नै अन्यौलमा परेको छ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं गणतन्त्र दिवस मनाइरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १३ औं गणतन्त्र दिवस मनाएका छन् ।
प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा १२ औं गणतन्त्र दिवस भनिएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरिएको सन्देशमा १३ औं गणतन्त्र दिवस भनिएको छ । यो गणतन्त्र दिवस १२ पुगेर १३ औं हो तर, प्रधानमन्त्रीको सचिवालयको त्रुटीका कारण यस्तो भएको हो ।
सचिवालयको त्रुटीका कारण प्रधानमन्त्री अोली पटकपटक विवादमा आउने गरेका छन् । त्यस्तै राष्ट्रपति विद्या भण्डारीले पनि १३ औं गणतन्त्र दिवसको शुभकामना दिएकी छन् ।

kp




प्रतिक्रिया