छुवाछुत गर्ने अपराधीलाई कडा सजाय हुन्छः प्रधानमन्त्री ओली

छुवाछुत गर्ने अपराधीलाई कडा सजाय हुन्छः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार शुभकामना सन्देश दिँदै उनले जघन्य घटनाका अपराधीलाई कारबाही गर्ने कुरामा सरकारले कुनै सम्झौता नगर्नेसमेत स्पष्ट पारे ।

सन्देशमा उनले जातीय छुवाछुत, विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभइ हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या रहेको भन्दै जातीय छुवाछुतका पीडितको मानव अधिकार संरक्षण गर्न, हिंसा अन्त्य गर्न, सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गरे ।

ुछुवाछुत तथा भेदभाव अन्त्य गर्न म तीनै तहका सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था, नागरिक समाज, मिडिया र आम नागरिकलाई आह्वान गर्दछुु, उनले सन्देशमा भनेका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पहिचान गरेर त्यसलाई प्राप्त गर्ने सङ्कल्प गर्दै त्यहाँसम्म पुग्ने बाटो तय गरेकाले त्यसका निम्ति भेदभावरहित सामाजिक न्याय र समानतासहितको समृद्धिलाई आफ्नो उद्देश्य बनाएको बताएका छन् ।

ुसंविधान र कानुनद्वारा यसरी स्पष्ट व्यवस्था गरिएको भए पनि सरकारको दृढ प्रतिबद्धता र लगातारको प्रयासका बाबजुद समाजको पछौटेपन र कतिपय पक्षहरुमा रहेको अज्ञानता र भ्रमले अझै पनि समाजमा हाम्रा आकाङ्क्षा, प्रयास र सभ्यतालाई चुनौती दिने छुवाछुतजस्ता अशोभनीय र जघन्य अपराध हुने गरेको हामी पाउँछौँु, सन्देशमा उनले भनेका छन्, ुयुगौँअघि देखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिबीका कारण हाम्रा दिदीबहिनी, दाजुभाइहरु अहिले पनि कथित दलितको हिन पहिचान व्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको सिकार हुनु परेका घटना हामी देख्दै आएका छौँ ।ु

प्रधानमन्त्री ओलीले सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेकाले मानव हित विरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहन नसक्ने बताएका छन् । ुजातीय छुवाछुतजस्ता अमानवीय हिंसाका घटनाहरुको छानबिन गरी दोषीहरुलाई कारबाही गर्न राज्य किञ्चित पछि पर्ने छैनु, उनले भने, ुमानव सभ्यताको कलङ्क र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने छ ।ु

मानव सभ्यताको कलङ्कका रुपमा रहेको यस अमानवीय प्रथालाई कानुनी रुपमा अन्त्य गरेको भन्दै यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ–आफ्नो स्थानबाट सक्रिय रहन सबैमा उनले आह्वानसमेत गरेका छन् ।