काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोलीले भारतबाट आएका ८५ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पाइएको बताएका छन् ।
बुधबार संसदमा बोल्दै प्रधानमन्त्री अोलीले सुरुमा सरकारले कोरोना संक्रमण रोक्ने प्रयास गरेपनि आरतबाट आएका अधिकांशमा कोरोना संक्रमण पाइएकाले त्यो रोक्न असफल भइएको बताएका छन् ।
‘हामीकहाँ फैलिएको कोरोनाको बिरामीमध्ये ८५ प्रतिशत भन्दा बढी भारतबाट आएका व्यक्तिहरुमा संक्रमण देखियो । यसले गर्दा हामीकहाँ बाढीजस्तो आयो । एकै चोटी पिसिआर र आरडिटी गरियो ’, उनले भने ।
उनले भारतबाट जेठसम्म २ लाख ५४ हजार मानिस नेपाल प्रवेश गरेको जानकारी दिएका छन् । जेठ १८ गतेदेखि दैनिक ७ देखि १० हजार नेपाली प्रवेश गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारले अहिले दैनिक पाँच हजार स्वाब परीक्षण गर्न सकिने बन्दोबस्त मिलाएको बताएका छन् ।
जनशक्तिको व्यवस्थापन, किटको उपलब्धताले पनि कोभिड–१९ को परीक्षणको दायरा बढ्न नसकेको बताए । प्रधानमन्त्रीले कोभिड–१९ सङ्क्रमण रोकथाम, न्यूनीकरण, नियन्त्रणमा कुनै अनियमितता नहुने बताए ।




प्रतिक्रिया