कैलाली बलात्कारबारे प्रधानमन्त्रीले भनेः तीनै जना कुकर्मी निस्किए

कैलाली बलात्कारबारे प्रधानमन्त्रीले भनेः तीनै जना कुकर्मी निस्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीम ामहिलामािथ क्वारेन्टाइनमा बलात्कार गर्ने दोषीलाई कडा कारबाही गरिने बताएका छन् । सरकारले दोषीलाई पक्राउ गरिएको र कडा कारबारही गरिने बताएका छन् ।

राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री अ‍ोलीले उक्त घटना जति निन्दा गरेपनि अपुरो हुने बताएका छन् ।

‘सुरक्षाका लागि खटाइएका तीनतीन जनालाई लाज पनि हुनुपर्ने । तर, मान्छे मान्छे नभएपछि तिनिहरुलाई पशु भन्न मिल्दैन । किनभने पशु त्यति घटिया हुँदैन । पशुले त्यस्तो घटिया व्यवहार गर्दैन ’, उनले भने, ‘त्यसप्रकारका अपराधिक प्रवृतिका मानिसहरु पनि हुँदा रहेछन् । एक जना महिलाको सुरक्षाका लागि एक जन ममहिला किन खटाइयो ? किन सुरक्षाको ध्यान दिइएन ? दुई जना खटाएपछि पयाृप्त हुनुपर्ने तीन जना खटाएको छ । तर, तिनै जना अपराधिक मनोवृतिका कुकर्मीहरु निस्किए ।’

त्यस्ते उनले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले उक्त घटनालाई मानव जातीको कलङ्कको घटना भएको बताएका छन् ।