काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण साउनको अन्त्यमा उच्च हुने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री ओलीले दशै, तिहार, छठ पछि फेरि संक्रमण बढ्न सक्ने चेतावनी दिएका छन् ।
‘यो चाड सधैँ रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ । फागुनको महिना सम्भवतः नियन्त्रणको महिना हुन्छ । तर बाहिरबाट सहजै आउन नदिने र भारतको सिमानाबाट आउन नपाउने स्थिति बनाउँदै त्यसबेलासम्म उपयुक्त क्वारेन्टाइनको व्यवस्था गर्ने अवस्था, बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने अवस्था र कोही पनि उम्किएर समाजमा जान नसक्ने स्थित बनाउँछौं ।’




प्रतिक्रिया