काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री अोलीले सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
भोलीको बैठकमा केही महत्वपूर्ण निर्णय हुनसक्ने स्रोतले जानकारी दियो । यसअघि अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल पुर्नगठन गर्ने सहमति गरेका थिए ।
प्रधानमन्त्रीले असन्तुष्ट रहेका नेता माधव नेपाल समूहका नेताहरुलाई मन्त्रिमण्डलमा सहभागी गराउने संकेत गरेका छन् । त्यस्तै दुवै अध्यक्षबीच तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई बनाउने र प्रधानमन्त्रीको सचिवालयमा रहेका सल्लाहकार समुह परिवर्तन गर्नेलगायतको सहमति भएको थियो ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय वैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपछि त्यसमा अर्का अध्यक्ष प्रचण्डले सहमति जनाएका थिए ।




प्रतिक्रिया