काठमाडौं – ग्राण्डी अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाकारी दिएको छ । अस्पतालले बुधबार साँझ एक विज्ञप्ति निकालेर प्रधानमन्त्रीको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी दिएको हो ।
प्रधानमन्त्री ओलीका निजि चिकित्सक डाक्टर दिव्यासिंह शाह र ग्राण्डी इन्टरनेसनल हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा ओलीको स्वास्थ्यपरीक्षण सकिएपछि बुधवार साँझ या बिहीवारसम्म डिस्चार्ज गरिने बताइएको छ ।
बुधवार बिहान अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई साढे ११ बजे आइसीयुमा भर्ना गरिएको थियो । ओलीलाई भेट्न आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामान्य फलोअपका लागि आएकाले केही बेरमै डिस्चार्ज हुने बताएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले पनि नियमित स्वास्थ्यपरीक्षण भएकाले समय नलाग्ने बताएका थिए । तर अपरान्ह अचानक ओलीलाई ज्वरो बढेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
ओलीको उपचार उनका निजी चिकित्सक दिव्यासिंह शाह र सुवास आचार्यले गरिरहेका छन् ।





प्रतिक्रिया