कर्फ्यु लगाउन सरकारलाई सुझाव, क्याविनेटमा लैजान प्रधानमन्त्री सहमत

कर्फ्यु लगाउन सरकारलाई सुझाव, क्याविनेटमा लैजान प्रधानमन्त्री सहमत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विज्ञहरुका सुझावलाई मन्त्रिपरिषद्मा छलफल गर्ने बताएका छन् ।

मंगलबार कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा बालुवाटारमा विज्ञहरुको सुझावलाई ग्रहण गर्दै प्रधानमन्त्री अ‍ोलीले लकडाउन लगाउन विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल गर्ने बताएका हुन् ।

‘विज्ञको रायलाई सीसीएमसी तथा क्याबिनेटमा छलफल गरेर कार्यान्वयन गर्ने प्रधानमन्त्रीले बताउनुभयो’, जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भने, ‘२ हप्ता लकडाउन गर्ने वा लकडाउन प्रभावकारी नभएमा कर्फ्यु लगाउन सुझाव दियौं ।’

देशमा बढिरहेको कोरोना संक्रमण नियन्त्रणलाई कसरी प्रभावकारी बनाउने ? भन्ने बिषयमा छलफल गर्न प्रधानमन्त्रीले विपक्षी दलका नेता र विज्ञसहितको समूहलाई छलफलका लागि बोलाएका थिए ।

विज्ञहरुले परीक्षणको दायरा ब्यापक बढाएर संक्रमित क्षेत्रलाई आबश्यकता अनुसार कडाइ गर्न सुझाव दिएका थिए ।

‘मास्कको प्रयोग र व्यक्तिगत दुरी कायम गराउन कडाइ गर्ने, आइसोलेसन तथा अस्पतालको क्षमता बढाउन अधिकतम प्रयास गर्नुपर्ने, नेपाली नागरिक बाहेकलाई सिमानामा कडाइ गर्ने’, डा. पाण्डेले भने, ‘संक्रमित क्षेत्रबाट भइरहेको आवतजावत नियमन गर्ने, संगठित बसोबासका पेशामा पनि जनस्वास्थ्यका मापदण्ड लागु गराउने बिषयमा छलफल भयो ।’

छलफलमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता महन्त ठाकुर, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफ्ना धारण राखेका थिए ।

त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा अर्थमन्त्री युवराज खतिवडाको पनि उपस्थिति थियो ।