प्रधानमन्त्रीको प्रश्नः देश ड्राइभ गर्ने मान्छेले गुट चलाउँछ ?

प्रधानमन्त्रीको प्रश्नः देश ड्राइभ गर्ने मान्छेले गुट चलाउँछ ?

'मेरो तर्फबाट डिमान्ड छैन्, प्रचण्डजीले भनेर सहमति भए भएका हुन्'

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै गुटबन्दी नचलाएको बताएका छन् ।

बुधबार साँझ एपीवान टेलिभिजनमा कुरा गर्दै प्रधानमन्त्री अ‍ोलीले दुई तिहाईको सरकार हाँकेर हिँड्ने मान्छेले गुटबन्दी नचलाउने दाबी गरेका छन् ।

‘माओवादी पार्टी अलग्गै थियो । त्यो पार्टीसँग पनि एकता गरेर ल्याउने । चुनावी तालमेल गरेर दुई फरक विचार भएका पार्टीलाई एक गर्ने मान्छेले एउटा सानो गुट चलाएर … । तपाईले गएको चुनावमा एउटा गुट लिएर हिँडेको देख्नु भयो कि देशमा मोमेन्ट चलाएको देख्नुभयो’, उनले भने, ‘मेची–महाकाली अभियानमा सानो टुकडी चलाएको देख्नुभयो कि देश ? म देश ड्राइभ गर्ने मान्छेले पार्टी ड्राइभ गर्दिन ? पार्टीभित्र पनि सानो गुट चलाएर देश ड्राइभ हुन्छ ? मैलै गुट चलाएको छैन् । मलाई आफ्ना शब्दबाट फिर्ता हुन आउँदैन । म संसदीय दलको नेता पनि निर्वाचन जितेर आएको हुँ । अध्यक्ष पनि लडेर भएको हुँ । म भन्दा अघि त लड्ने चलन थिएन नि । लोकप्रिय मान्छे अगाडि बढ्न दिने चलन थिएन ।’

त्यस्तै उनले आधाआधा सरकार चलाउने विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नयाँ सहमति भएको बताएका छन् ।

‘मेरो तर्फबाट कुनै डिमान्ड छैन् । जो थप सहमति भए प्रचण्डजीले नै भनेर भएका हुन् । मेरो तर्फबाट प्रस्ताव गरिएको सहमति होइन’, उनले भने, ‘जनताको चाहनाअनुसार ५ वर्ष नै सरकारले निरन्तरता पाउँछ ।’

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले नेकपाभित्रको समस्या पाँच दिनमा समाधान हुने दाबी गरेका छन् ।

‘आन्तरिक समस्या डोकाले छोप्न चाहान्न । आन्तरिक समस्या जती छोपे पनि देखिहाल्छन । नेकपाभित्रको तमासा देख्दा जनता उत्साहित छैनन् । यस्ता कुराप्रति जनताको आक्रोश छ’, उनले भने, ‘यसलाई व्यवहारबाट नै हटाउन सकिन्छ । कति दिन भन्नुभयो तपाईंले ?  हप्ता दश दिन होइन, हप्ता भन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनेरियो । भोलिबाट एक भनेर काउन्टडाउन सुरू गर्नुहोला । ’

उनले नेकपाभित्र केही पनि समस्या नरहेको बताए । उनले नेकपाभित्रको समस्या हल हुने अवस्थामा रहेको बताए ।

‘वास्तवमा नेपाभित्र केही पनि समस्या छैन् । समस्या बनाइएको छ । बनेको छ । समस्या छन् भने पछि समाधान गर्न सकिन्छ नि त’, प्रधानमन्त्री अ‍ोलीले भने ।

 

त्यस्तै प्रधानमन्त्री ओलीले आफू पार्टीको नेतृत्वमा आएपछि पार्टीले निर्णायक भूमिका खेलेको बताए ।

‘म संसदीय दलको नेतामा चयनअघि पार्टीले कति निर्णायक भूमिका खेल्यो त्यो सबैलाईथाहा छ । तर म आएपछि पार्टीे निर्णायक भूमिका खेल्यो’, उनले भने, ‘म यो भन्दिन कि म बाट कुनै कमी कमजोरी नै छैनन् होला । म आलोचना सुन्छु आलोचनाको स्वागत गर्छु ।’

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले आफू बिचौलियाबाट सञ्चालित नहुने र नभएको बताएका छन् । ‘म अरुद्वारा सञ्चालित हुन र अरुका लागि काम गर्न त्यो देशभित्रको कुरा होस चाहे बाहिरको कुरा होस्’, उनले भने, ‘अरुका लागि काम गर्ने र अरुद्वारा सञ्चालित हुने म गर्दिन । बिचौलिया हुन कि मझौलिया हुन । म बिचौलिबाट चल्छु कि चल्दिन चल्छु भने किन चल्छु ।’

त्यस्तै उनले प्रमाण देखाउन नसक्नेले आफ्नो अनुहार हेरेर विरोध गरेको बताएका छन् । ‘मेरो अनुहार मन परेन होला । खराब काम त केही पनि गरेको छैन् । प्रमाण र तथ्य देखाउन नसक्नेले मेरो अनुहार हेरेर विरोध गरेका छन् । म समाचार सिर्जना नगर्नूस् भएको कुरा छाप्नुस्’, प्रधानमन्त्रीले भने ।