मुखर्जीको निधनपछि प्रधानमन्त्रीले भनेः नेपालले महान मित्र गुमायो

मुखर्जीको निधनपछि प्रधानमन्त्रीले भनेः नेपालले महान मित्र गुमायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीका निधनप्रति दुःख व्यक्त गरेका छन् । मुखर्जीको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो ।

प्रधानमन्त्री ओलीले शोक सन्तप्त परिवारका सदस्यप्रति समवेदना व्यक्त गरेका छन् । त्यस्तै उनले नेपालले महान मित्र गुमाएको बताएका छन् ।

‘उहाँको निधनमा नेपालले एक महान मित्र गुमाएको छ । हामीले उनको सार्वजनिक जीवनको विभिन्न क्षमतामा नेपाल–भारत सम्बन्ध सुदृढ पार्न उनको योगदान सम्झिरहने छौं’, प्रधानमन्त्रीले भनेका छन् ।