बंगलादेशी समकक्षीलाई प्रधानमन्त्री ओलीको अनुरोधः नेपालमा युरिया मल आपुर्ति गरिदिनू

बंगलादेशी समकक्षीलाई प्रधानमन्त्री ओलीको अनुरोधः नेपालमा युरिया मल आपुर्ति गरिदिनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन वार्ता गरेका छन् ।

मंगलबार भएको कुराकानीमा प्रधानमन्त्री ओलीले नेपालमा युरिया मलको आपूर्ति सहज गरिदिन अनुरोध गरेका छन् ।

‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो’, प्रधानमन्त्री ओलीले भने, ‘यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपुर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनु भएको छ ।’

त्यस्तै प्रधानमन्त्री ओली र हसिनाबीच दुई पक्षीय व्यापार, उर्जा र ट्रान्जिटलगायत अरू विषयमा सहकार्यलाई थप मजबुद् बनाउने विषयमा कुराकानी भएको थियो ।

नेपालमा यसपालि धानमा हाल्ने रासायनिक मलको हाहाकार छ। नेपालमा कृषकहरुले धानमा हाल्ने युरिया मल महागो मूल्यमा किनिरहेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले दुई ठेकेदारलाई मल ल्याउन ठेक्का दिए पनि समयमा मल नल्याउँदा किसानहरु मारमा परेका थिए । कम्पनीले ती ठेकेदारलाई ५० हजार मेट्रिक टन युरिया मल ल्याउन सम्झौता गरेको थियो ।