प्रधानमन्त्री ओलीको सेवा अझै देशले खोजेको छः नेपाली कांग्रेस

प्रधानमन्त्री ओलीको सेवा अझै देशले खोजेको छः नेपाली कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेको छ । कांग्रेसले बुधबारबाट ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘निरन्तरको अस्वस्थता चिरेर जनताद्वारा प्राप्त म्याण्डेड बमोजिम सबल ढंगले कार्य गर्न उहाँको इच्छाशक्ति संगै मेडिकल र पोलिटिकल टिमको विशेष दक्षताको आम अपेक्षा अभिब्यक्त गर्न चाहन्छु !

त्यस्तै कांग्रेस नेता मिनेन्द्र रिजालले पनि प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले देशले अझै ओलीजस्तो नेता खोजेको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा रिजालले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  राजनीतिमा बिपक्षमा छौं, तर उहाँको सेवा अझै देशले खोजेको छ ।’

ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्रीलाई चिकित्सकहरूले बिहीबार दिउँसो डिस्चार्ज गर्ने तयारी गरेका छन् । अस्पतालमा प्रप्रधानमन्त्रीको उपचारका लागि डा. सिहबाहेक डा. चक्रराज पाण्डे, दीलिप शर्मा र डा। प्रेम ज्ञवालीको टिम उपचारमा संलग्न रहेका छन् ।