बैठकमा आफ्ना कुरा राखेर बाहिरिए प्रधानमन्त्री ओली

बैठकमा आफ्ना कुरा राखेर बाहिरिए प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठक कक्षबाट बाहिरिएको छन् ।

उनी स्थायी कमिटी सदस्यहरुसँगको सहमतिमा नै बैठकबाट बाहिरिएका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्रीले बैठकमा आफ्ना कुरा राखेर हिँडेका हुन् ।

अहिले अध्यक्ष प्रचण्डले बैठकको अध्यक्ष गरिरहेका छन् । बुधबार भएको सहमतिअनुसार नै अध्यक्ष प्रचण्ण्डले बैठकको अध्यक्षता गरिरहेका हुन् ।

बुधबार दुई जना अध्यक्षबीच ओलीले सरकार सञ्चालन गर्ने र पार्टीको काममा अस्तक्षेप नगर्ने सहमति भएको थियो । त्यस्तै अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने सहमति भएको थियो ।

नेकपा स्थायी कमिटी बैठक असार १८ गतेदेखि स्थगित हुँदै आएको थियो । नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि चर्किएको विवाद उत्कर्षमा पुगेको हो ।

विवाद समाधानका लागि अध्यक्षद्वयले कार्यदल गठन गरेका थिए । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका विषयमा आजको बैठकमा छलफल हुनेछ ।