कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुन्छः प्रधानमन्त्री अ‍ोली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रशारण सेवा (क्लिनफिड) लागू हुने स्पष्ट पारेका छन् ।

नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेतृत्व गरेको पदाधिकारी र सदस्यहरूको टिमलाई आज बालुवाटारमा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले क्लिनफिड लागू हुनेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

उनले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न आह्वान गरे ।

प्रधानमन्त्री ओलीले पत्रकारहरूको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत प्रत्याभूति गर्ने र अन्य क्षेत्रहरूमा संभव सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement