अपराधले भौगोलिक सीमा तोड्यो, नेपाल प्रहरी चनाखो हुनुपर्छः प्रधानमन्त्री ओली

अपराधले भौगोलिक सीमा तोड्यो, नेपाल प्रहरी चनाखो हुनुपर्छः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आन्तरिक सुरक्षाको मियोको रुपमा रहेको नेपाल प्रहरीको भूमिका संशनीय रहेको बताएका छन् ।

शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा दिएर नै आनन्दले निदाउन पाएको बताएका छन् ।

‘मुलुकको आन्तरिक सुरक्षाको मियोको रुपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले नै कानूनी शासनको अनूभूति गर्न सकिनेछ । कुनैकुनै कोणबाट टिप्पणी आउनु बेग्लै कुरो हो । नेपाल प्रहरी भएर हामी ढुक्कले निदाउन पाउँछौं । आरामको निन्द्रा’, उनले भने, ‘आलोचना र टिप्पणी गर्नेहरुले पनि निदाउन पाएका छन् । प्रहरीमाथि आत्मविश्वासको सिरानी हालेर सुत्न पाएका छौं ।’

उनले अपराधले भौगोलिक सीमा तोडेको र यससन्र्दभमा नेपाल प्रहरी ज्यादै चनाखो हुनु आवश्यक रहेको बताएका छन् ।

‘आगामी दिन चुनौतीपूर्ण रहेको छ । यदी हामी चनाखो हुन सकेनौं भने भोली कठिन दिन आउने छ । समाजले बनाउने आम धारणामा सूचनाले पारेको प्रभाव अझै विभिन्न कोणहरुमा देखिने नकारात्मक प्रभाव अहिलेको अवस्थामा निकै जटिल रहेको छ । अहिले स्वार्थकेन्द्रित समूहहरु चूनौतीका रुपमा देखा परेका छन्’, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री अ‍ोलीले जनताको सुरक्षामा खटिएर कोरोना संक्रमण भएका प्रहरीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।