काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरु बालुवाटार पुगेका छन् ।
धुम्बाराहीमा पाँच जना सचिवालय सदस्यहरुको भेलापछि बैठक बोलाउन माग गर्दै अध्यक्ष प्रचण्डसहित, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
शुक्रबार पनि अनौपचारिक सचिवालय सदस्यहरुको बैठक बसेको थियो । बैठकले प्रधानमन्त्रीलाई बैठक बोलाउन दबाब दिनेलगायतका निर्णय गरेको थियो ।




प्रतिक्रिया