तत्कालिन माओवादीसँग प्रधानमन्त्री र सभामुखमा भागबण्डा भएको होः केपी ओली

तत्कालिन माओवादीसँग प्रधानमन्त्री र सभामुखमा भागबण्डा भएको होः केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता हुँदा सहमतिका आधारमा भागबण्डा गरेको बताएका छन् ।

शनिबार राती एपी वान टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले शक्ति सन्तुलन र बाँडफाँड तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच समुचित रुपमा भएको बताएका छन् ।

‘प्रधानमन्त्री एउटाले लिने र अर्काले सभामुख लिने भनिएको थियो । मैले नै उदारताका साथ आधा–आधा समय चलाउन सकिन्छ भनेको हुँ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले शक्ति सन्तुलन र बाँडफाँडका क्रममा राष्ट्रपति र उपराष्ट्रपति आदि पनि मिलाइएको बताएका छन् ।