स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न तयार छुः प्रधानमन्त्री अ‍ोली

स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न तयार छुः प्रधानमन्त्री अ‍ोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न आफू तयार भएको बताएका छन् ।

सोमबार दिउँसो बालुवाटारमा विवाद समाधान कार्यदलका सदस्यहरुसँग छलफल गर्दै प्रधानमन्त्री अ‍ोलीले पार्टीभित्रको विवाद समाधानका लागि आफू अघिल्ले बैठकका निर्णय कार्यान्वयन गर्ने बताएका हुन् ।

कार्यदल सदस्य सुरेन्द्र पाण्डेले सचिवालय बैठक बोलाएर पार्टीभित्र देखिएका विवाद समाधान गर्न र स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयन गर्न सुझाव दिएको जानकारी दिए ।

कार्यदल संयोजक महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए भने जनार्दन शर्मा र पम्फा भुषाल अनुपस्थित थिए । शर्मा कोरोना संक्रमण भएर आइसोलेसनमा छन् भने भुषाल  कार्यव्यस्तताका कारण अनुपस्थित भएकी हुन् ।