प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई बुधबार ग्राण्डी अस्पताल लगिएको थियो । प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको थियो ।

यसैबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा अध्यक्ष प्रचण्डसहित नेताहरु अस्पताल पुगेका थिए ।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार गरिएको डाईलासिस सफल भएको छ । बुधबार पनि प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाइलासिस गराएका थिए ।

प्रधानमन्त्री ओलीको यसअघि सिंगापुरमा प्लाज्मा फेरोसिस गरिएको थियो । उनको सिंगापुरमा ६ पटक प्लाज्मा फेरोसिस गरिएको थियो ।

सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरेर उनी गत भदौ २० गते काठमाडौं फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement