राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगे

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री अ‍ोली मंगलबार राती पनि राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेका थिए । उनले राष्ट्रपति भण्डारीसँग नेकपाभित्रकाे विवादबारे छलफल गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री अ‍ोली शीतल निवास पुगेका हुन् । सचिवलायको बैठक १ बजेका लागि बोलाइएको छ भने मन्त्रिपरिषद् बैठक २ बजे बस्दैछ ।

मंगलबार साँझ राष्ट्रपति भण्डारीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेकी थिइन् । उनले दुवै अध्यक्ष मिलेर जानुपर्ने बताएकी थिइन् ।