काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन स्थायी कमिटी बैठकमा प्रस्ताव गरेका छन् ।
बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पहिलो तहका चार जना नेता प्रधानमन्त्री भइसकेकाले अब वामदेवको पालो भएको बताएका हुन् । पहिलो तहमा प्रधानमन्त्री अोली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल रहेका छन् ।
‘पहिलो तहका पाँच जना नेतामध्ये चार जना प्रधानमन्त्री भइसकेका छौं । अब वामदेवजीलाई बनाऔं’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक जना स्थायी कमिटी सदस्यले भने, ‘ उहाँ (वामदेव)लाई चुनावबाट ल्याउने कि अरु माध्यमबाट प्रधानमन्त्री बनाउने सामूहिक छलफल गरौं ।’
प्रधनामन्त्री अोलीले यसअघि पनि पटकपटक उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बन्न ‘अफर’ गरिसकेका छन् ।




प्रतिक्रिया