काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा शर्माले चारै सुरक्षा निकायका प्रमुखहरूसंग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघट गरेसँगै बदलिएको परिस्थितिका बारेमा चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले पछिल्लो समय आइपर्ने सुरक्षा चुनौतीको सामना गर्न र तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया