म मित्रताको अँगालो हाल्छु प्रचण्ड धृतराष्ट्रको जस्तो अंगालो हाल्नुहुन्छः प्रधानमन्त्री ओली

म मित्रताको अँगालो हाल्छु प्रचण्ड धृतराष्ट्रको जस्तो अंगालो हाल्नुहुन्छः प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले छोरीलाई चुनाव जिताउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँग चुनाव लडेको आरोप लगाएका छन् ।

बुधबार काठमाण्डुको कार्की पार्टी प्यालेसमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डले चितवनमा छोरीलाई जिताउन कांग्रेससँग मिलेर चुनाव लडेको आरोप लगाएका हुन् ।

त्यस्तै उनले प्रचण्डलाई षड्यन्त्रकारी राजनीतिक छोड्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालसँग बहुमत नभएको स्पष्ट पारेका छन् ।

‘म मित्रताले अँगालो हाल्छु उहाँ धृतराष्ट्रको जस्तो अंगालो हाल्नुहुन्छ । मैले उहाँलाई षड्यन्त्रकारी राजनीतिक छोड्नुस् । राजनीति भनेको इमान्दारिताका साथ जनताको सेवा गर्नुपर्छ भनेको छु । उहाँ बहुमत छ भन्नुहुन्छ । के को बहुमत छ ? ’, उनले भने ।