धनगढी – प्रधानमन्त्री केपी शर्मा ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका छन् । काठमाण्डुबाट श्री एयरको जहाज चढेर प्रधानमन्त्री ओली धनगढी विमानस्थलमा अवतरण गरेका हुन् ।
प्रधानमन्त्रीको स्वागतका लागि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी भएनन् । मुख्यमन्त्रीको सचिवालयले गुटको भेलालाई सम्बोधन गर्न आएकाले प्रधामनमन्त्रीको स्वागतका लागि नगएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको सुरक्षाका लागि तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहारी र नेपाली सेनाको छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । अहिले उनी एयरपोर्टबाट कार्यक्रमस्थलतर्फ लागेका छन् ।
चेकजाँचका लागि विमानस्थलमा तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ । प्रधानमन्त्री ओलीको सुरक्षार्थ ‘राजा’ र ‘रानी’ नाम दिइएका कुकुर प्रयोग गरिएको हो ।




प्रतिक्रिया