नेकपा छोरी–बुहारीको पार्टी होइनः प्रधानमन्त्री ओली

नेकपा छोरी–बुहारीको पार्टी होइनः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नातागोताको मात्र पार्टी नभएको बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै नेकपा छोरी बुहारीको पार्टी नभएको बताएका छन् ।

‘नेकपा छोरी–बुहारीको पार्टी होइन् । नेकपा जनताको पक्षमा काम गर्ने पार्टी हो । काम लाग्छ कि भनेर प्रचण्डलाई पनि पार्टीमा ल्याएँको थिएँ । विचार, प्रवृति र मति जस्ताको तस्तै । टिक्न सक्नुभएन उहाँहरु । अँध्यारोमा हिँड्ने बानी भएका उज्यालो भएपछि हिँड्न सकेनन्’, उनले भने ।

प्रधानमन्त्री अ‍ोलीले विदेशीको इशारामा काम गर्नेलाई बहिस्कार गर्न आग्रह गरेका छन् । उनले त्यस्ता तत्वहरुलाई भोट नहाल्न पनि अपील गरेका छन् ।

‘प्रतिनिधि सभा अब चुनावबाट आउँछ । केपी ओलीले चुनाव गर्दैन भनेका छन् । चुनाव वैशाख १७ र २७ गते नै हुन्छ । साथीहरु ढुक्क हुनुस् । चुनावको तयारीमा लाग्नुस्’, तलैबाट गलत तत्वहरुलाई ठिक लगाउनूस्’, उनले भने, ‘देश र जनताका लागि काम गर्नेलाई जिताएर पठाउनूस् ।’