काठमाण्डु – धनकुटामा नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सदस्य, प्रदेश सभा सदस्य र जिल्लाका सात वटै स्थानीय तहका प्रमुख र उपप्रमखहरुले केपी शर्मा ओली नेतृत्वको नेकपामा लाग्ने निर्णय गरेका छन् ।
धनकुटाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसहित तीन जना प्रदेश सभा सदस्यहरु पनि अोली नेतृत्वको नेकपामा लागेका हुन् । प्रदेश सांसद निरन राई, धनकुटा १, इन्द्रमणी पराजुली २ र लिलादेवी राई समानुपातिक सांसद अोली समूहमा लागेका छन् ।
त्यस्तै जिल्ला समन्वयन समितिका प्रमुख, धनकुटा नगरपालिकाका प्रमुख–उपाध्यक्ष, पाख्रीबास नगरपालिकाका प्रमुख–उपाध्यक्ष, महालक्ष्मी नगरपालिकाका प्रमुख–उपाध्यक्ष, सहिदभूमि गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, चौबिसे गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र छथरपोखरी गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष रहेका छन् ।
उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतासमक्ष जाने निर्णयको स्वागत गरेका छन् । साथै उनीहरुले मुलुक र पार्टीलाई गतिहीन बनाएको भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालमाथि असन्तुष्टी जनाएका छन् ।





प्रतिक्रिया