काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटन गरेर चुनावी घोषणा गरेपछि झनै सक्रिय बनेका छन् ।
दैनिक आउने राजनीतिक परिस्थितिलाई उनले आफ्नो बलबुताले भ्याएसम्म तिखो व्यङ्ग्य तथा प्रतिरोध गर्दै आफूले गरेका क्रियाकलाप सहि बनाउन देश दौडाहामा छन् ।
भर्खरै मात्र आफ्नो नेतृत्वको समूहलाई पुस ५–७ मा सकिएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णयलाई १६ पृष्ठ लामो अन्तरपार्टी निर्देशनमार्फत जारी गरेका छन् ।
पार्टीको भावी रणनिती र कार्यविभाजन तोक्दै उनले मातहतका कमिटीमा यस्तो सर्कुलर जारी गरेका हुन् । पार्टी विभाजन भएपछि पुस २२ गते पठाएको अन्तरपार्टी निर्देशनमा प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटनपछिको अवस्थालाई समेटेका छन् ।
उनले संसद विघटनको अवस्था आउनुमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै हात रहेको निष्कर्ष निकालेका छन् । ‘यस परिस्थिति निर्माणका लागि प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने, नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंसकारी मनशाय मुख्य रुपमा जिम्मेवार छ,’ उनले अन्तपार्टी निर्देशन–६ मा भनेका छन् ।
पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना पनि कुर्न नसक्ने, सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डको ध्वंसात्मक रणनीतिले यो अवस्था आइलागेको उल्लेख गरेका छन् ।
‘पार्टी नेतृत्व परिवर्तनका लागि ४ महिनापछि हुने महाधिवेशन कुर्न नसक्ने र प्रधानमन्त्री परिवर्तनका लागि अर्को जनादेश पर्खिन नसक्ने उहाँहरूमा अन्तर्निहित अलोकतान्त्रिक चरित्रले यसमा निर्णायक भूमिका खेलेको छ । राजनीतिलाई पद, पैसा र परिवारको हितका रुपमा मात्रै बुझ्ने स्वार्थी चिन्तनले यसमा काम गरेको छ,’
पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै सत्तारुढ दल नेकपामा विभाजित भएको हो । उक्त विभाजनसँगै एक पक्षको नेतृत्व प्रचण्ड–माधव समूहले गरिरहेको छ भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन् ।
यस्तो छ प्रधानमन्त्री ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनकाे पूर्णपाठ:




प्रतिक्रिया