सल्लाहकार र सहयोगीसँग प्रधानमन्त्री असन्तुष्ट, राजीनामा दिन निर्देशन

सल्लाहकार र सहयोगीसँग प्रधानमन्त्री असन्तुष्ट, राजीनामा दिन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय बन्दै गइरहेका छन् ।

किड्नी डायलसिस गरेर आएपछि प्रधानमन्त्री ओलीले थप सक्रियता देखाइरहेका छन् । उनी आफ्नो सचिवालयमा कार्यरत सल्लाहकार र सहयोगीसँग असन्तुष्टी बन्दै गइरहेका छन् ।

सरकारको काम कारवाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले हिजो सचिवालयमा कार्यरत सबैलाई डाकेर राजीनामा दिन भनेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीको काममाथि नेपाल कम्युनिस्ट पार्टी (ने क पा)कै नेता तथा कार्यकर्ताहरुले चर्को आलोचना गर्दै आएका छन् ।