आमसभा कस्तो हुन्छ माघ २३ गते देखाउँछौँ: प्रधानमन्त्री ओली

आमसभा कस्तो हुन्छ माघ २३ गते देखाउँछौँ: प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेडा भनेकोमा आफूलाई आनन्दै लागेको बताएका छन् ।

शुक्रबार बबरमहलमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले तीन वर्षसम्म भेडाको संगत गरेर पनि जहाँको त्येही भन्दा अचम्म लागेको बताएका छन् ।

‘कोही केपी ओली जस्तो भेडाको संगत गरेर के भो के भन्छन् । आफ्नो त ब्वाँसाको मति जाँदै गएन । मलाई भेडा भनेकोमा आनन्दै लाग्यो । न मेरा नंग्रा छन् न दाह्रा छन् । न मलाई शाकाहार आन्दोलन गर्न आउने हो । तर, भेडाको संगत तीन वर्ष गर्दा पनि आफू जहाँको तही छु भन्दा छक्क परें’, उनले भने ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपाल समूहले काठमाण्डुमा गरेको शक्ति प्रर्दशनबारे व्यंग्य गरेका छन् । उनले रत्नपार्कमा ८ १० हजार मान्छे देखेर भुइँमा खुट्टै नभएको आरोप लगाए ।

‘रत्नपार्कतिर केही मान्छे जम्मा भए रे । खुट्टी हेरेर चाल पाइयो । हौसिएर भाषण गर्र्दै गरेको सुनेको थिएँ । ८ १० हजार मान्छे अगाडि देख्नुभएछ भूँइमा खुट्टै थिएन । त्यति मान्छे देखेपछि उहाँहरुका धक्कु साना थिएनन् । कोही केपी ओलीलार्य घुँडा टेकाइदिन्छौं भन्ने’, उनले भने ।

उनले प्रतिनिधि सभा पुनःस्थापना नहुने भन्दै निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् ।  उनले आमसभा कस्तो हुन्छ माघ २३ गते देखाइदिने बताएका छन् ।

‘साँघुरा गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन’, उनले भने, ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ ।’