काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोगविरुद्धको खोप केन्द्र श्री वीरेन्द्र अस्पतालको अवलोकन गरेका छन् ।
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री अोलीले उक्त खोप केन्द्रको गतिविधि अवलोकन गरेका हुन् । बलाधिकृत रथी प्रभुराम शर्माको समेत उपस्थिती रहेको सो अवसरमा वीरेन्द्र अस्पताल तथा अन्य सैनिक अस्पतालहरुमा कार्यरत अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायतलाई खोप लगाउने कार्य शुभारम्भ गरिएको छ ।
करिव १० दिन सम्म खोप लगाउने योजना रहेकोमा उक्त खोप केन्द्रमा पहिलो दिन आज १४० जना र उपत्यका बाहिरका अन्य सैनिक अस्पतालहरुमा ३७ जना गरी जम्मा १७७ स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीहरुलाई खोप लगाइएको छ ।




प्रतिक्रिया