अवहेलना मुद्दामा सर्वोच्च पुगेर प्रधानमन्त्रीले दिए लिखित जवाफ

अवहेलना मुद्दामा सर्वोच्च पुगेर प्रधानमन्त्रीले दिए लिखित जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

बिहीबार प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भट्टराईलाई बाजे वकिल भनेर दायर भएको अवहेलना मुद्दामा अदालतमा लिखित जवाफ पेश गर्न स्वयं उपस्थित भएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतको मर्यादा कायम गरेर ओली आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका जानकारी दिए ।

उनले वरिष्ठ अधिवक्ता भण्डारीले संसद पुनःस्थापनाको पक्षमा बहस गरेको भन्दै ‘बाजे वकिल’ भन्ने अभिव्यक्ति दिएका थिए ।

वरिष्ठ अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले अदालतको अवहेलना गरेको भन्दै कारबाही लागि निवेदन दिएका थिए ।