प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषदको बैठक


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको नियमित बैठक मंगलबार बिहान ९ः३० बजेका लागि बोलाएका हुन् । पछिल्लो समय विकसित हुँदै गरेको राजनीतिक घटनाक्रम र आगामी वैशाखमा हुने निर्वाचनलगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दियो ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुनेछन् ।

समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ ।

परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षामन्त्रालयका सचिव सदस्य–सचिव भएर काम गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement