काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको बताएका छन् । ७० औं जन्मोत्सव मनाइरहेका प्रधानमन्त्री ओलीले स्वस्थ भएर नै दैनिक १८ घण्टा काममा खटिरहेको बताए । उनले युवाहरुको आर्शिवादले आफू १८ घण्टा काममा खटेको बताएका हुन् ।
‘मेरो जन्मदिन आज खुसी हुने कि दुःख भन्ने । ७० वर्ष लागिसकियो के खुसी भन्ने ! ८० पुग्न १० वर्ष बाँकी छ । एक बिसमै ९० वर्ष पुग्छु । तर, बाँचिएकै छ स्वास्थ्य राम्रै छ’, उनले भने, ‘मैले अस्ती जुँगा अलिक कालो हुँदै गएको छ भनेको थिएँ । तपाईहरुको शुभकामना, आर्शिवाद, समर्थनले जुँगा कालो हुँदै गएको छ । तपाईहरुको आर्शिवादले दिनमा १८ घण्टा काम गर्छु ।’
उनले युवाको माया र स्नेहले आफूलाई पनि युवा भएजस्तो फिलिङ हुने भन्दै ठट्टा गरे । उनले आफू युवा संघको आजीवन सदस्य भएकाले बुढो हुन मिल्यो ? भन्दै रमाइलोसमेत गरेका थिए ।
‘युवाको आर्शिवाद पाएपछि युवा–युवा भएर आउँदो रहेछ क्या ! मलाई पनि युवा–युवा जस्तो भइरहेको छ । तपाईहरुलाई थाहै होला म युवासंघको आजीवन सदस्य छु’, उनले भने, ‘जो युवा संघको आजीवन सदस्य छ उसले बुढो हुन मिल्यो ? तपाईहरुलाई म विशेष धन्यवाद भन्न चाहान्छु ।’




प्रतिक्रिया