काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई आफुले सामान्य रुपमा लिएको बताएका छन् ।
माटोको डिजीटल नक्सा सार्वजनिक कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ओलीले मंगलवार अदालतले गरेको फैसला सामान्य भएको र यसले आफ्नो संकल्पमा कुनै असर नगर्ने बताएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले अदालतको फैसलाप्रति खुसी मनाएको भन्दै उनीहरुले एक अर्कालाई खुवाएको लड्डुप्रति बटाक्ष गरे ।
‘हिजोको अदालतको फैसला सामान्य हो । मेरा केही भाइहरुले लड्डु ख्वाँइ ख्याइ गरेछन् । लड्डु खुवाएर के हुने हो ?, खुसी भएर, जित्यौं हामीले भनेर होला,’ उनले भने ।
प्रचण्ड नेपाल समूहले आफ्नो राजीनामा माग्नु ठिक नभएको उनको भनाई थियो । ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ’, उनले भने, ‘त्यता पट्टि चिन्ता गर्नु पर्दैन । जिन्दगीको कुनै ठेगान छैन् । मरेपछि केही अर्थ छैन् । जबसम्म जुन जिम्मेवारी लिएको छ पुरा गर्छु ।’




प्रतिक्रिया