काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् ।
सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुतली बम पड्काएर नबस्न आग्रह गर्दै देश विकासमा हातेमालो गर्न आउन आग्रह गरेका छन् ।
‘तपाईहरु सुतली बम पड्काएर नबस्नुहोस्, त्यसले केही हुँदैन,’ उनले भने , ‘शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनुस् जनताले जयजयकार गर्नुहुन्छ । सुतली बम पड्काएर किन बस्नुहुन्छ ? देश विकासको बाटोमा लाग्नुस्। देशलाई समृद्ध बनाउने, मान्छेलाई भयरहित बनाउने, सभ्य भयरहित देश बनाउने अभियान राख्नुस् । किन तर्साएर बस्नुभएको छ ?’
यस्तै विप्लव नेतृत्वको नेकपाका नेता सन्तोष परियार ‘परिवर्तन’ले आफूहरु सरकारको स्वाद चाख्न पार्टी परिवर्तन नगरेको बताए । सोमबार ओली समूहमा प्रवेशपछि उनले आगामी दिनमा विचारमा एकतावद्ध भएर जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए ।
‘राष्ट्रिय स्वाधिनताको पक्षमा प्रधानमन्त्री ओलीको कदममा हामी कटिवद्ध छौं । सरकारमा भएको पार्टी, सरकारको स्वाद चाख्न आएका होइनौं,’ उनले भने, ‘वास्तविक कम्युनिष्टलाई एकतावद्ध भएर लड्न आएका छौं । आगामी दिनमा कमरेडका विचारमा एकतावद्ध भएर जस्तोसुकै भूमिका निर्वाह गर्न तयार छौं ।’




प्रतिक्रिया