काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रधानमन्त्रीका समर्थकहरुले खेत–खेतमा तस्बीर र प्रतिमा ठड्याएपछि सामाजिक सञ्जालमा भाइरल भएको हो ।
यतिबेला प्रधानमन्त्रीका सार्वजनिक भएका दुई तस्बीर सामाजिक सञ्जालमा खुबै रुचाइएका छन् । झापाको गौरादह–५ स्थित बालुबथानमा प्रधानमन्त्री ओलीका दुई वटा प्रतिमा ठड्याइएको छ । उक्त तस्बीर पत्रकार चिरञ्जिवी घिमिरेले खिचेका हुन् ।
केही दिन अगाडि नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यासका क्रममा ती तस्बीरहरु उनका कार्यकर्ताहरुले राखेका थिए । प्रधानमन्त्री ओलीले केही दिनअगाडि झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गरेका थिए ।

हाम्रा प्रधानमन्त्री जनताको मन-मनमा मात्र हैन 'बारी-बारी' र 'घर-घर'मा पनि भेटिन्छन् ! pic.twitter.com/wy5ESoiH31
— Chiran Ghimire (@ghimire_chiran) March 2, 2021




प्रतिक्रिया