प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई संसदीय दलको नेताबाट हटायो

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई संसदीय दलको नेताबाट हटायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । बैठकले सचेतकबाट शान्ता चौधरीलाई हटाएको छ ।

त्यस्तै बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए । उनीहरु सबैलाई ६ महिनाका लागि निलम्बन गरिएको नेता पुनले जानकारी दिए ।

आज बिहान बसेको स्थायी कमिटी बैठकले सुवासचन्द्र नेम्वाङलाई राजीनामा दिन निर्देशन दिएको थियो । बैठकले तीन दिनभित्र राजीनामा दिन निर्देशन दिएको हो । त्यस्तै बैठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट पनि निलम्बन गरेको छ ।