काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
शनिबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकका लागि प्रचण्ड–माधव नेपाल पक्षसहित १७३ जना सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले नेकपाका सबै सांसदहरुलाई ‘एसएमएस’ पठाइएको बताए ।
सरकारले फागुन २३ गते संसद बैठक बोलाएको छ । संसद बैठकका एजेण्डाबारे छलफल गर्न बैठक बोलाइएको मुख्य सचेतक भट्टराईले जानकारी दिए ।
‘प्रचण्ड र माधव नेपालजीलाई पनि एसएमएस पठाइएको छ’, उनले भने ।




प्रतिक्रिया