संसदमा केही फेस गर्नु छैन्, बैठक सामान्य ढंगले चल्छ : प्रधानमन्त्री अ‍ोली

संसदमा केही फेस गर्नु छैन्, बैठक सामान्य ढंगले चल्छ : प्रधानमन्त्री अ‍ोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आजको प्रतिनिधिसभा बैठक समान्य ढंगले सञ्चालन हुने बताएका छन् ।

आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा कोरोनाको खोप लगाउँदै प्रधानमन्त्री ओलीले संसदमा केही पनि फेस गर्नुनपर्ने भएकाले सामान्य ढंगले बैठक सञ्चालन हुने बताए ।

‘संसद्‌मा केही फेस गर्नु छैन । संसद् बैठक सामान्य ढंगले चल्छ’, उनले भने ।

प्रधानमन्त्री अ‍ोलीले कोरोनाविरुद्धको लडाई खोपमार्फत हुने बताए । उनले खोप लगाएर कोरोनाभाइरसलाई पराजित गर्ने सरकारको अभियान सफल पार्न पनि आग्रह गरेका छन् ।