काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता दिने सर्वोच्चको फैसला स्वीकार गर्ने बताएका छन् ।
आइतबार संसद भवनबाट बाहिरिने क्रममा ओलीले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सर्वोच्चको फैसला स्वीकार गर्ने बताएका हुन् । उनले आफ्नो आगामी बाटोको मामिलामा फैसला अध्ययनपछि मात्रै निर्णय गर्ने बताए ।
सर्वोच्च अदालतबाट संसद पुनःस्थापनाको फैसला भएपछि पहिलो पटक बस्न लागेको संसद बैठकमा सहभागी हुन पुगेका ओली संसद बैठकमा सहभागी नभएरै बाहिरिएका हुन् । अपराह्न ४ः०० बस्ने भनिएको संसद बैठक भर्खर सुरु भएको छ ।
सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ । योसँगै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको नाम गुमेको छ ।




प्रतिक्रिया