काठमाण्डु – संसद पुनस्र्थापना पछिको दोस्रो प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
तर बैठक सुरु नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । बाहिर निस्कने क्रममा ओलीले केही बेर एमालेका नेता सुभाष नेम्वाङसँग कुराकानी गरेका थिए ।
करिब १५ मिनेटअघि संसद भवन पुगेका प्रधानमन्त्री ओली संसद सुरु नहुँदै बाहिरिनुको कारण खुलेको छैन । उनले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिन चाहेनन् ।




प्रतिक्रिया