काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्री अोलीले आफू निकट बहुमत केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा बोलाएको स्रोतले जानकारी दियो । एमालेमा २०५ जना केन्द्रीय सदस्य रहेकोमा प्रधानमन्त्रीको पक्षमा १०५ जना भन्दा बढी रहेको बताइएको छ । छलफलमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्यहरु बालुवाटार गइरहेका छन् ।
बिहीबार माधव नेपाल पक्षले बानेश्वरमा छुट्टै भेला गरेपछि प्रधानमन्त्री ओलीले पनि आफू निकट केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् । अनौपचारिक भनिएको उक्त भेलामा पार्टीका आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।




प्रतिक्रिया