काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधका बाबजुद सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् ।
समान्य प्रशासन मन्त्रालयद्वारा आइतबार आयोजित प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले विरोधका बाबजुद पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तिव्रता दिएको बताएका हुन् ।
‘आफ्नो स्वार्थ पुरा गर्न हिरिक्क हुनेले विरोध गरे, हामीले गरेका विकासका कामलाई रोक्न खोजे, तर हामीले दिगो विकास दृढताका साथ तीव्र गतिमा अघि बढाएका छौं,’ उनले भने, ‘यसलाई स्थायित्व र निरन्तरता दिनुपर्छ ।’
उनले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने खाँचो औंल्याए । ‘जनताको जीवन हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण छ,’ उनले भने, ‘त्यसका निम्ति हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरेका छौं ।’
उनले सडक कालोपत्रे गर्ने मात्र नभई त्यो फराकिलो र सुरक्षित पनि हुनुपर्ने बताए ।




प्रतिक्रिया