काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुलाई चियापान कार्यक्रमका लागि बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री अोलीले चैत ३ गते नेकपा एमालेका केन्द्रीय सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।
प्रधानमन्त्री निकट एक केन्द्रीय सदस्यकाअनुसार मंगलबार बिहान ११ बजेका लागि बोलाइएको उक्त कार्यक्रममा नेपाल पक्षलाई पनि निम्तो गरिएको छ ।
चैत ७ गतेको केन्द्रीय कमिटीको बैठक अगाडि सबै केन्द्रीय सदस्यहरुबीच आत्मियता बढाउन उक्त चियापान कार्यक्रम राखिएको ती केन्द्रीय सदस्यले जानकारी दिए । प्रधानमन्त्रीको पछिल्ले कदमबाट नेपाल पक्ष असन्तुष्ट बनेको छ ।
नेपाल पक्षले प्रधानमन्त्रीको कदमसँग आफूहरु सहमत नहुने भन्दै निर्वाचन आयोग पुगेको छ । आयोग पुगेर नेपाल पक्षले प्रधानमन्त्री अोलीले गुटगत भेला राखेर गरेको जिम्मेवारी हेरफेरलाई वैधानिकता नदिन आग्रह गरेको हो ।




प्रतिक्रिया