माओवादी केन्द्रले समर्थन फिर्ता लिए मैले राजीनामा दिनुपर्छः प्रधानमन्त्री अ‍ोली

माओवादी केन्द्रले समर्थन फिर्ता लिए मैले राजीनामा दिनुपर्छः प्रधानमन्त्री अ‍ोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिए आफूले राजीनामा दिने बताएका छन् ।

आइतबार साँझ प्राइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफूले संसदमा विश्वासको मत लिने वा राजीनामा दिनुको विकल्प नरहेको बताएका हुन् । तर, उनले माओवादी केन्द्रले समर्थन नलिने विश्वास व्यक्त गरेका छन् ।

‘सरकारलाई दिएको समर्थन फिर्ता भएको छैन् । उहाँहरुको समर्थन यथावत छ । मसँग बहुमतको सरकार छँदैछ’, उनले भने, ‘समर्थन फिर्ता भयो भने स्वभाविक रुपमा मैले राजीनामा गर्नुपर्ने हुन्छ या विश्वासको मत लिनुपर्नेछ । तर, समर्थन फिर्ता लिनुभएकै छैन् । साथीहरु समर्थन फिर्ता लिँदै लिनुहुन्न ।’

उनले सर्वोच्च अदालत सडक र राजनीतिक हिसाबबाट प्रभावित भएको बताएका छन् । प्रधानमन्त्री अ‍ोलीले अदालतको फैसला आफूहरुलाई मान्य हुने भन्दै कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।

उनले ताजा जनादेशमा जाने फैसला बदर भएपनि आफू जनताकाबीचमा जाने बताएका छन् ।उनले चुनावमा गयो भने गणतन्त्र समाप्त हुन्छ भन्नु दुई वर्ष मात्रै गणतन्त्रको आयु हो त ? भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाले दुईतिहाईको सरकार गएको बताएका छन् । उनले दुई वा दुई भन्दा बढी दलले समर्थन गरेको सरकार ढल्ने बताएका छन् ।

उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । त्यस्तै प्रधानमन्त्री अ‍ोलीले महन्त र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीको अफर नगर्ने बताए ।