काठमाण्डु – प्रधानमन्त्राी केपी शर्मा ओलीले फागुन २८ गते बसेको बैठकका निर्णयमा पुर्नविचार गर्न नसकिने बताएका छन् ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको माधव नेपाल समूहसँगको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बैठक बसेर निर्णय गरिसकेको विषय पुर्नविचार गर्न नसकिने बताएका हुन् ।
नेपाल पक्षले फागुन २८ गते गरेका सबै निर्णय रद्द गर्न माग गरेको थियो । उनले माधव नेपाल समूहसँगको बैठक सकारात्मक रहेको बताएका छन् ।
‘यो निर्णय अर्को बैठकमा छलफल गर्न सकिन्छ । बैठक बसिसकेकाले यसलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन्’, उनले भने ।
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई अवसरको रुपमा लिएर अघि बढ्नुपर्ने बताए । उनले माधव नेपाल समूहको ४ गतेको भेला अन्त्य पनि आग्रह गरेको जानकारी दिए ।
‘साझा अवधारण निर्माण गरेका छौं । सर्वोच्चको फैसलालाई अवसरको रुपमा लिएर जानुपर्छ । अन्तरविरोध भए मिलेर जानुपर्छ । २८ गते का बैठकका निर्णय । केही निर्णय पुनरावलोकन गर्ने भए छलफल गर्दै जाउँ । ५ गतेको भेला अन्त्य गरौं । छलफल निरन्तर जारी रहन्छ’, उनले भने ।
नेपाल समूहका नेता भीम रावलले ओली पक्षलाई २८ गते गरेको निर्णय पार्टीको विधि, विधान र प्रणाली विपरित रहेकाले त्यो निर्णय फिर्ता लिन आग्रह गरेको जानकारी दिए ।
‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर कहिले कसरी भन्ने निश्चित भएको छैन’, नेता रावलले भने,‘ उहाँहरुले २८ गतेको निर्णय खारेज गर्नुभयो भने, हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौँ, नत्र जारी राख्छौँ ।’




प्रतिक्रिया