जनताका पक्षमा काम गर्न खोज्दा सभामुखले नै अवरोध गरे, संसद विघटनकाे कारण पुष्टि हुँदैछः प्रधानमन्त्री ओली

जनताका पक्षमा काम गर्न खोज्दा सभामुखले नै अवरोध गरे, संसद विघटनकाे कारण पुष्टि हुँदैछः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टि हुँदै गएको बताएका छन् ।

बालुवाटारमा नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद् विघाटनको औचित्य पुष्टी हुँदै गएको बताएका हुन् ।

उनले संसद्लाई जनताका मागहरू सम्बोधन गर्ने थलो बनाउन प्रयासरत रहेपनि संसद्लाई सभामुखले त्यसरी चल्न नदिएको बताए ।

‘कामै गर्न नदिएपछि सरकारले संसद् विघटन गरेको थियो । पछि सर्वोच्चले त्यो बदर गरिदियो । त्यसपछि पार्टीलाई पनि पुरानै ढंगबाट फर्काइदियो,’ उनले भने, ‘संसद् बैठक बसेर विधेयकहरू पेश गरिएको थियो । तर सुरूको दिन नै अवरोध गरियो । सभामुखले नै अवरोध गरे । एसिड आक्रमणविरुद्धको अध्यायदेश पेश गरिएको थियो । त्यो पनि पेश हुन दिइएन्, संसद विघटन गर्नुको कारण पुष्टि हुँदैछ ।’

त्यस्तै उनले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष चियापनमा उपस्थित नभएकोप्रति असन्तुष्टि प्रकट गरे ।

उनले कसको निम्ता पाए जानुहुन्छ ? भन्दै प्रश्न पनि गरे । झलनाथ–माधव पक्षले आजको चियापनामा नजाने निर्णय सोमबार नै गरेको थियो । ‘एकथरीका अनुहारहरु देखिएन । त्यो राम्रो भएन,’ प्रधानमन्त्री ओलीले भने ।