अटोमोबाइल्स कम्पनी खोल्न आग्रह गर्दै प्रधानमन्त्रीले भनेः म पनि किन्छु एउटा गाडी

अटोमोबाइल्स कम्पनी खोल्न आग्रह गर्दै प्रधानमन्त्रीले भनेः म पनि किन्छु एउटा गाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अटोमोबाइल्स कम्पनी खोल्न उद्योगीहहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार साँझ बालुवाटारमा उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै कुराहरु विदेशबाट आयात गर्दा घाटा परेकाले नेपालमा अटोमोबाइल्स उद्योग खोल्न आग्रह गरेका हुन् ।

‘अटोमोबाइल्स यहीँ खोल्नुस, सोचेको भन्दा बढि सुविधा दिइन्छ । अहिले हामीलाई विदेशबाट सबै चिज आयात गर्दा घाटा परेको छ ।’

प्रधानमन्त्री ओलीले १० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्ने अवस्था सिर्जना भए ट्राफिक जाम के होला ? भदै प्रशन गरेका छन् ।

‘अहिले पनि बाटोमा खाँदाखाँद गाडी छन् । साँच्चै ट्याक्स हल्का गर्ने हो भने १० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्ने अवस्थामा जसले पनि किन्न सक्छ । उस्तै परे म पनि किन्छु एउटा गाडी । अनि के होला ट्राफिक ?’, उनले भने ।

उनले आफूहरु छोटो समयमा देशको आर्थिक परिचय बदल्न चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले छोटो अवधिमा पूर्वाधार विकासका काममा थुप्रै काम गरेको पनि बताए ।

‘तीन वर्षमा गरेका काम अभूतपूर्व र असाधरण छन् । पूर्वाधार विकासका पक्षमा, सडक निर्माणमा धेरै काम भएका छन्’, उनले भने, ‘हामी गौरवपूर्ण इतिहासलाई आत्मसात् गर्दै आधुनिकताका काम गर्छौं ।’