नेपाल र चीनबीचकाे सम्बन्ध थप नयाँ उचाईमाः प्रधानमन्त्री ओली

नेपाल र चीनबीचकाे सम्बन्ध थप नयाँ उचाईमाः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध थप एक कदम अगाडी बढेको बताएका छन् ।

सोमबार बालुवाटारमा आयोजित चिनियाँ खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीनले गरेका खोप सहयोगले दुई मुलुकबीचको सम्बन्ध थप नयाँ उचाईमा पुगेको बताएका हुन् ।

‘यो एउटा महत्वपूर्ण सहयोगको रुपमा रहने छ । यसले नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडी बढाएको छ । यसले अझ थप बल पुर्‍याएको छ,’ उनले भने ।

उनले भारत र चीन दुबै छिमेकी मुलुकले दिएको खोपहरु प्रभावकारी रहेको बताउँदै खोपका लागि चीन सरकारलाई धन्यवाद समेत दिए । प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिमा दुबै मुलुक मिलेर अगाडि बढ्नुपर्ने बताए ।

‘कोभिडविरुद्धको लडाइमा नेपाल र चीनका नीति समान छन्’ उनले भने, ‘जनताको जीवन छ भने देश पनि चल्छ भन्ने मान्यतामा हामी अडिग छौं ।’ चीनबाट प्राप्त आठ लाख डोज खोपले नेपालको खोप कार्यक्रमलाई अगाडि बढाउने उनले बताए ।