साउन १ देखि वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

साउन १ देखि वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनदेखि बृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।

रिपोटर्स क्लबले मंगलबार आयोजना गरेको कार्यक्रममा बाल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । उनले बृद्धबृद्धालाई सरकारले चासो दिन थालेपछि अब मान्छेहरुलाई निन्द्रा नलाग्ने बताए ।

‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस्,’ उनले भने, ‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अझ बढ्छ, कनै पनि हालतमा बढाइन्छ ।’